Logo

नेताहरुको कार्यविभाजन तोक्न एकीकृत समाजवादीको कार्यदल बैठक जारी



काठमाडौं । महाधिवेशन सकिएको ४ महिना हुन लाग्दापनि नेताहरुको कार्यविभाजन गर्न नसकेपछि आलोचित भइरहेको एकीकृत समाजवादीले कार्यविभाजनको अन्तिम तयारी थालेको छ । नेताहरुको कार्यविभाजनका लागि बनाईएको कार्यदलको बैठक जारी छ । बैठक पार्टी मूख्यालय आलोकनगरमा बसिरहेको छ ।

अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल छन् । असारमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनपछि विभिन्न विभाग प्रमुख र उपप्रमुख, जिल्ला तथा प्रदेश इन्चार्ज र सहइन्चार्ज, आयोग प्रमुख र उपप्रमुख, जनसङ्गठन इन्चार्ज तोक्न बाँकी छ ।

केन्द्रीय अधिवेशन र भएको नेतृत्व चयनको विषयमा पार्टीमा चरम असन्तुष्टि सिर्जना भएको छ । नेताहरुबीच चरम असन्तुष्टि रहँदा विभिन्न विभागका प्रमुख उपप्रमुख,जिल्ला प्रदेश इन्चार्ज लगायत तोक्ने पार्टीले तयारी गरेको छ । एकीकृत समाजवादीमा महाधिवेशनपछि पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय सदस्य चयनमा नेतृत्वले आफन्त र गुटलाई प्राथमिकता दिएको भन्दै चर्को असन्तुष्टि छ ।



प्रतिक्रिया दिनुहोस्