काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता कृष्णबहादुर महराका कान्छा छोरा निर्मलले माओवादी पार्टी परित्याग गरेका छन् । उनले आफू अबबाट गुरुदेबको पछाडि लागेको भन्दै धेरै कष्ट नदिन आग्रह गरेका छन् ।
उनले आफूले जीवनमा जन्मिएपछि आमा बुवा चिनेको अनि १४ वर्षको उमेरदेखि २५ वर्षसम्म क्रान्ति, युद्ध, हतियार र प्रचण्ड चिनेको पनि उल्लेख गरेका छन् । त्यसपछिको चरणमा आफूले यौवन, माओवादी र परिवर्तनको झल्को पनि चिनेको स्मरण गराएका छन् ।
आफ्नै पार्टीभित्र आफ्नैलाई सिध्याउने मजाको खेलपनि चिनेको उनको टिप्पणी छ । निर्मलले बुवा कृष्णबहादुर महरा र दाजु राहुल महरालाई सुनकाण्डमा पक्राउ गरिएको विषय संकेत गरेका हुन् । उनले फेशबुकमा लेखेका छन्-
जन्मपछी आमा र बाबा मात्र चिने, १४ देखी २५ बर्स सम्म क्रान्ती , युद्ध हतियार र प्रचन्ड चिने , त्यसपछी अलिकति यौवन प्रेम, माओबादी र परिवारको झल्को चिने, अनि समाजमा प्रबेश गरेको मैले शान्ति , नागरिक समाज, जिम्मेवारी, दुस्मन र मित्र ( दुबै ) सबै पाए , मुख्य कुरा आफनै पार्टी भित्र आफ्नैलाइ सिद्दाउने मजाको खेल चिने, खासमा एकले अर्को लाइ प्रयोग गर्ने गजबको तिम्रो दिमाग चिने ! ! ! अब म जय गुरुदेब को पछाडी, मलाइ अब धेरै कस्ट दिने सोच नगर ! ! जय गुरुदेब ! नमो नारायण !