काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता तथा अर्थविद् विश्व पौडेलले फलोवर्स गनेर सेलेब्रिटी भइने तर नेता नभईने टिप्पणी गरेका छन् । काठमाडौंका मेयर बालेन शाह र प्रधानमन्त्री केपी शर्मा ओली दुवैलाई सुझाव दिँदै पौडेलले झगडा नगर्न भनेका छन् । उनले काठमाडौंमा एउटा मेट्रो रेल बनाउने घोषणा गरेर अघि बढ्न सुझाव दिएका छन् ।
उनले फशेबुकमा लेखेका छन्-
प्रधानमंत्रीज्यु र मेयर के झगडा गर्नु?
प्रधानमंत्रीज्यू, काठमाडौंमा एउटा मेट्रो रेल बनाउने घोषणा गरेर अघी बढौं। चीनलाई नकुरी एक, दुईवटा शहर सुहाउँदो शहरी सडकहरु बनाऔं। अघिल्लो पटक एकलौटी सरकार बनाउँदा धेरै काम नलाग्ने एयरपोर्ट र सभाहलहरुमा जोड दिइएको थियो , अब सडक दुर्घटनै दुर्घटनाबाट आजित जनताले सुविस्ता हुने सडक र शहरी पुर्वाधार खोजेका छन। पैसा कताबाट ल्याउने भन्ने छ भने छलफल गरौं, बरु म कोठा मिलाउँछु।
मेयरसापले पनि गत आर्थिक वर्ष २४ अरब खर्च गर्ने बजेट ल्याएकोमा कुल १२ अरब खर्च भएको रहेछ। पुँजीगत खर्च १५ अरब छुट्याएकोमा छ अरब ३८ करोड मात्र खर्च भएछ। मेयरको आफ्नै अफिसको काम गराई वहाँँको आफ्नै रिपोर्ट अनुसार अत्यन्त चिन्ताजनक छ।अब काममा फोकस चाहियो।
फेसबूकका फलोवर गनेर बसेर नेता भइन्छ?
गणेशमान सिंहको एउटा फेमस भनाई थियो, नेताले कहिल्यै आफ्नो पछाडि कती मान्छे छ भनेर हेर्दैन। कहिले ऊ एक्लै हुन्छ, कहिले उसका पछाडि लाखौंंको भिड हुन्छन। फलोवर गनेर सेलेब्रिटी भइन्छ, नेता भईदैन।