Logo

वर्तमान सरकारले समावेशितामा कुनै कम्प्रमाइज गर्दैनः कांग्रेस प्रवक्ता महत



काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महतले वर्तमान सरकारले समावेशितालाई कमजोर गर्ने गरी संविधान संशोधन नगर्ने बताएका छन् ।

आज (बुधबार) बीपी चिन्तन प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) ले भ्रम फैलाएजस्तो समावेशितामा कुनै कम्प्रमाइज नगरिने बताएका हुन् ।

माओवादीले जनताको अधिकार खोस्नलाई संविधान संशोधन गर्न लागिएको भनेर जनतामा भ्रम फैलाइरहेको उनले बताए । ‘गलत भाष्य जनतामा भ्रम फैल्याउने कोसिस भएको छ, यो कदापि होइन । समावेशितामा कुनै कम्प्रमाइज हुँदैन,’– उनले भने ।

प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिने बताउँदै उनले महिला–महिलाको बीचमा, दलित–दलितको बीचमा क्षेत्र आरक्षण गरेर प्रत्यक्षबाटै ल्याउन सकिने बताए ।



प्रतिक्रिया दिनुहोस्