Logo

मध्यपूर्वमा देखिएको अशान्तिको असर इन्धनको मूल्यमा



काठमाडौं, असोज २२ । मध्यपूर्वमा देखिएको अशान्तिको असर इन्धनको मूल्यमा परेको छ । मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो लण्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको छ ।

स्थानीय समय अनुसार फ्रान्सको पेरिसमा साँझ ५।२५ बजेतिर ब्रेन्ट नर्थ सी तेलको मूल्य २ दशमलव ६ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव १० डलर पुगेको थियो ।

यसको अमेरिकी समकक्षी नोभेम्बर डेलिभरीका लागि वेस्ट टेक्सस इन्टरमिडिएट २ दशमलव ८५ प्रतिशतले बढेर ७६ दशमलव ५१ डलर पुगेको थियो ।

इजरायलमाथि अक्टोबर ७ मा हमासले गरेको आक्रमण गरेको एक वर्ष पूरा भएसँगै विश्वभर शान्ति र त्रासको बातावरण झन बढेको छ ।



प्रतिक्रिया दिनुहोस्