Logo

एमालेको दाने जग्गाविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) लाई व्यवसायी मीनबहादुर गुरुङले दिएको १० रोपनी १४ आना जग्गाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरु डा. ज्ञान बस्नेत, अर्जुन थापा र श्यामकृष्ण मास्केले दान लिएर पार्टी कार्यालय बनाउने कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उनीहरुले पार्टी कार्यालय बनाउन जग्गा लिनु दिनुलाई राज्यसत्ताको दुरुपयोग, नैतिक र कानुनी अपचलन र गम्भीर भ्रष्टाचारजन्य अपराधको संज्ञा दिएका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्