Logo

दीपक रौनियारको फिल्म ‘पूजा सर’ को कार्यकारी निर्मातामा जोडिए अनुराग कश्यप



काठमाडौँ । दीपक रौनियार निर्देशित फिल्म ‘पूजा सर’ को कार्यकारी निर्मातामा निर्देशक अनुराग कश्यप जोडिएका छन्। सेतो सूर्य हेरेपछि आफू रौनियारको फ्यान भएको र निर्माताको रुपमा जोडिएका कश्यमले भेराइटी म्यागेजिनसँग बताएका छन्।

‘पूजा, सरमा जोडिनु पाउनु मेरो लागि गर्वको कुरा हो। यो एक मार्मिक र सान्दर्भिक विधाको फिल्म मात्रै होइन् यसले मेरो बारेमा बोल्छ। म विश्वस्त छु कि फिल्मले भारतको दर्शककको बारेमा पनि बोल्नेछ, ‘ह्वाइट सन हेरेपछि म दीपकको फ्यान भएको हुँ। दीपक र मीन भाम नेपालका दुई रोमाञ्चक आवाज हुन्। उनीहरु आउन बाँकी रहेको नेपाली सिनेमाका अग्रणी व्यक्ति समेत हुन्’ उनले भेराइटीसँग भनेका छन्।

बेलायत र आयरल्याण्डको वितरण अधिकार ‘च्यानल ४’ले खरिद गरेको छ। यस फिल्ममा आशा मगराती, दयाहाङ राई, निकिता चाण्डक, ऋचा शर्मा, विजय बराल लगायतको अभिनय छ।

रौनियारको आदि फिल्म्स, रामबाबु गुरुङको बाँसुरी फिल्म्स र एलन आर मिलिगनको ट्यानहाउजर गेटले सहकार्यमा फिल्म बनेको हो। यो फिल्म आगामी १४ मार्च अर्थात चैत १ गतेबाट नेपालका हलमा रिलिज हुँदैछ।

इटालीको भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्म हालै बुसान फेस्टिभलमा स्क्रिनिङ भएको थियो। भारतको मुम्बई फिल्म फेस्टिभलमा समेत छनोट भएको छ।



प्रतिक्रिया दिनुहोस्