Logo

लक्ष्मी पूजाको दिन आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?



काठमाण्डौं, कार्तिक १५ । आज तिहारको तेस्रो दिन अर्थात् लक्ष्मी पूजा । देशैभरी हिन्दुधर्मालम्बीहरुले ऐश्वर्य, धनकी देवी लक्ष्मीको पूजा आराधना गर्दैछन् । आज आफुसँग भएको धन, दौलख तथा सुनचाँदीका गरगहनाहरुलाई पुजा गर्दा थप लाभ हुने जनविश्वा छ । यसैदिन सुनचाँदीको बढीमा माग समेत हुनेगर्छ ।

लक्ष्मी पुजाको यहीँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्यमा उच्च रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य तोलाको एक लाख ७१ रुपियाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ७० हजार ७ सय रुपियाँमा कारोबार भएको सुनको मूल्यमा ३ सय रुपियाँले वृद्धि भएको हो ।

तर यता चाँदीको मूल्य भने आज तोलामा ३० रुपियाँले घट्दै २ हजार ९० रुपियाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २१ सय २० रुपियाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्