काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरो आएको पुष्टि भएको छ। प्रधानमन्त्री ओली सोमबार साँझदेखि बिरामी भएका थिए।
ओलीलाई डेंगी भएको आशंकामा रगत परीक्षण गरिएको थियो । तर,परीक्षणमा डेंगी नेगेटिभ देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओलीलाई भारल ज्वरो आएको हुँद्या केही दिन निवासमै आराम गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । ओली आज पनि सरकारी निवास बालुवाटारमै आराम गरिरहेका छन् ।