Logo

प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति मस्कबीच भर्चुअल संवादको विषय गोप्य



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको छ ।

आज साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबीच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । संवादका क्रममा प्रधानमन्त्री ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकामा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित गराउन सफल भएकामा मस्कलाई बधाई दिएका थिए। इलनसँग कुराकानी गरिरहेको प्रधानमन्त्री ओलीले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका थिए ।

‘अहिले एलन मस्कसँग कुरा गरिरहेको छु’ भन्दै प्रधानमन्त्री ओलीले फेसबुकवालमा भिडियो च्याटको तस्बिरसमेत पोस्ट गरेका छन् । उनीहरुबीचको कुराकानीको विषय भने खुलाइएको छैन ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) को प्रमुख पदमा नियुक्त गरेका छन् । स्पेस एक्सका कम्पनीका मालिक मस्कले पछिल्लो समय नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक सुरु गर्न इच्छा देखाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्