Logo

यू-१९ एसिया कप: श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य



काठमाडौं । यूएईमा जारी यू १९ एसिया कपमा श्रीलंकाले नेपाललाई २३४ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ । टस हारे पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ४९।४ ओभरमा अलआउट हुँदै २३३ रन जोड्यो ।

श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए । त्यस्तै लकविन अभेसिङ्गेले ५० रन बनाए । कविजा गमागेले ३७ रन बनाए ।

नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । त्यस्तै युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १-१ विकेट लिए ।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान छन्।

पहिलो खेल श्रीलंकासँग आज खेल्न लागेको नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।



प्रतिक्रिया दिनुहोस्