काठमाडौं । दोलखाको गौरिशंकर गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार बिहान १०:३० सम्म २८ सय मत खसिसकेको छ ।
पालिकाका ९ वडाका १२ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी छ । कुल १५ हजार ७ सय १८ मतदाता रहेका छन् ।
मतदानस्थलमा कडा सुरक्षा व्यवस्थापन गरिएको छ । १२ वटा मतदान केन्द्रमा १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी र स्वयम्सेवक २१ जना गरी १२६ जना कर्मचारी खटिएका छन् ।
उपाध्यक्ष पदका लागि ७ वटा दलसहित १६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको २०८० साल असारमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा नेपाली कांग्रेसले स्वर्गीय श्यामसुन्दर तामाङ्की श्रीमती पासदिकी शेर्पा तामाङ, नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पा, नेकपा एमालेबाट उमा लुङगेली मगर शेर्पा, उम्मेदवार छन ।