काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर बंगलादेशले बलिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । नेपालले बंगलादेशविरुद्ध कमजोर ब्याटिङ गर्दै ४५।४ ओभरमा १४१ रनमा अलआउट भयो ।
युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा १४१ रनमा समेटिएको हो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन जोडे । ७७ बलको सामना गरेका उनले ५ चौका हिर्काएका थिए । मयन यादव र नरेन भट्ट समान ४ रनमा आउट हुँदा सन्तोष यादव ७ र अर्जुन कुमाल शून्य रनमा आउट भए ।
अभिषेश तिवारी र उत्तम मगरले २९–२९ रन बनाए । बलिङमा बंगलादेशका रिजन हसन, इकबाल हुसेन इमन र अल फहादले दुईदुई विकेट लिए । पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।
नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ। कुल आठ टिम सम्मिलित प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान र श्रीलंका समूह बी मा छन्। समूह ए मा युएई, जापान, भारत र पाकिस्तान छन्।