Logo

नरेनको बलिङसामू चुटिए काठमाडौं गुर्खाजका ब्याटर, सुदूरपश्चिमको लगातार दोस्रो जित



काठमाडौं । नरेन साउदले धारिलो बलिङ गर्दै ५ विकेट चट्काएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रायल्सले लगातार दोस्रो जित निकालेको छ ।

सुदूरपश्चिमले दिएको १६८ रनको चुनौती पछ्याएको काठमाडौं १५.५ ओभरमा ९४ रनमा अलआउट भएपछि सुदूरले ७३ रनको रवाफिलो जित दर्ता गरेको हो । काठमाडौंका लागि स्टेफेन इस्किनाजी सर्वाधिक ४३ रन जोडे । ३२ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हिर्काएपनि टिमको हार र्टान सकेनन् । त्यस्तै सुमित महर्जनले १४ रन जोडेको खेलमा भीम सार्कीले १० रन थपे कप्तान करण केसी १ रनमा आउट हुँदा अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

काठमाडौंको ब्याटिङ ध्वस्त बनाउनेक्रममा सुदूरका नरेन साउदले शानदार बलिङ गरे । ३।५ ओभर बलिङ गरेका उनले ५ विकेट च्टकाउँदै मात्र १९ रन दिए । अभिनास बोहराले २ विकेट लिँदा ब्रान्डन म्याकमुलेन र सैफ अली जैबको नाममा समान एक विकेट रह्यो । यो सुदूरको लगातार दोस्रो जित हो भने तीन खेल खेलेको काठमाडौंको यो दोस्रो हार हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्रान्डोन म्याकमुलेनको अर्धशतकमा १६८ रनको लक्ष्य दिएको थियो । त्रिवि मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन जोड्यो ।

सुदूरपश्चिमबाट म्याकमुलमले ३१ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे । योसँगै म्याकमुलम एनपीएलमा अर्धशतक बनाउने आठौँ ब्याटर बने ।

एनपीएलमा यसअघि जनकपुर बोल्ट्सका अनिल साह र लहिरु मिलान्था, चितवन राइनोजका रवि बोपारा, विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी, विराटनगरका लोकेश बम र कर्णाली याक्सका शिखर धवनले अर्धशतक बनाएका थिए ।

म्याकमुलेनको अतिरक्ति सुदूरका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४३ रन जोडे । विनोद भण्डारी ३६ रनमा आउट हुँदा सैफ अली जैबले १३ रन थपे । बलिङतर्फ काठमाडौंका रासिद खानले दुई तथा करण केसी, साहब आलम र जेरार्ड एरास्मसले समान १ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्