Logo

कर्णालीले तोड्यो हारको श्रृंखला, चितवन राइनोज ६ विकेटले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पहिलो जित निकालेको छ । त्रिवि मैदानमा चितवनले दिएको १३१ रनको सामान्य लक्ष्य कर्णालीले ४ विकेट गुमाएर १ बल बाँकी रहँदा पूरा गर्यो ।

तीन खेल खेलेको कर्णालीको यो पहिलो जित हो भने तीन खेल नै खेलेको चितवनको यो पहिलो हार हो । एनपीएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा काठमाण्डुसँग ३ विकेटले हारेको थियो। 

कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडे । उनले देव खनालसँग ५३ र चाडविक वाल्टनसँग ५५ रनको साझेदारी गरेका थिए । देव २४ र वाल्टन ३० रनमा आउट भएका थिए । जिसन मक्सुद १२ र गुल्शन झा ४ रनमा अविजित रहे । अर्जुन घर्ती ११ रनमा आउट भए ।

बलिङमा चितवनका कप्तान कुशल मल्ल, रवि बोहारा र निकोल लोफ्टी इटनले एकएक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्