![](https://reportersnepal.com/wp-content/uploads/2024/04/president-ramchandra-paudel-speech-1703570954-768x477.jpg)
काठमाडौँ, २१ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको यही मङ्सिर १९ गते शल्यक्रिया भएको थियो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ ।