काठमाडौं, मंसिर २५ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले टस जितेको छ। चितवन राइनोजले लुम्बिनी लायसन्ससँग टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ।
हालसम्म ४ खेलमा चितवनले ३ खेलमा जितको छ। चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले पाखा लगाएको थियो। तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको चितवनले चौथो खेलमा भने उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पाखा लगाएको थियो।
लुम्बिनीले भने हालसम्म खेलका चार वटै खेलमा हार व्यहोरेको छ। लुम्बिनी विराटनगर किङ्ससँग २ विकेटले पराजित भएको थियो । त्यस्तै, पोखरा एभेन्जर्ससँग १० विकेटले हारेको थियो भने सुदूरपश्चिमसँग ४५ रनले र लुम्बिनी जनकपुर बोल्ट्ससँग १ रनले पराजित बनेको थियो।