Logo

तरुण दल अध्यक्ष गुरुङले दर्शन गरे खोटाङ हलेसी महादेव



काठमाडौं, २८ मंसिर । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले खोटाङमा रहेको हलेसि महादेवको दर्शन एवं पुजा गरेका छन् । अध्यक्ष गुरुङ मंसिर २९ र ३० मा भोजपुरमा हुन गैरहेको तरुण दलको कोशी प्रदेश सम्म्लेनलाई सम्बोधन गर्न खोटाङ हुँदै त्यसतर्फ जान लागेका हुन् ।

सो सम्मेलनमा कोशी प्रदेश अन्तर्गतको केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षहरु सहभागी हुने छन् । भोजपुर जाने क्रममा शक्तिशाली पिठ हलेसी महादेवको अध्यक्ष गुरुङले दर्शन एवं पुजा आराधना गरे ।



प्रतिक्रिया दिनुहोस्