Logo

उपाधि होडबाट बाहिरिएको विराटनगरको शानदार जितले दवावमा चितवन राइनोज, सन्दीपले पनि लिए विकेट



काठमाडौं । नेपाल प्रिमियर लिगको शीर्ष चारबाट बाहिरिएको विराटनगरले शानदार जित निकालेको छ ।आज भएको खेलमा विराटनगरेल चितवनलाई ५१ रनले हराउँदै दोस्रो जित निकालेको हो ।

विराटनगरले दिएको १८२ लक्ष्य पछ्याएको चितवन २० ओभरमा ६ विकेट गुमाएर १३० रनमा रोकियो । विराटनगरले एनपीएलको आफ्नो अन्तिम खेलमा काठमाण्डु गुर्खाजसँग खेल्दैछ। शीर्ष चारको दौडमा रहेको काठमाण्डु विराटनगरलाई हराउने रणनितिमा हुनेछ। सो खेलमा विराटनगरले जित निकाले पनि विराटनगर शीर्ष चारमा पुग्न कठिन छ। 

चितवनका लागि अमर रौतेलाले ४२, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रनको योगदान गरे । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए भने बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक/एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्