Logo

गण्डकीको सांसदमा नियुक्त सुनिता थापाले लिइन् शपथ



काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य पदमा नियुक्त भएकी सुनिता थापाले शपथ लिएकी छन् । थापाले प्रदेश सभामुख कृष्णप्रसाद धितालसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

गत सोमबार बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त स्थानमा पदपूपर्तिका लागि निर्वाचनमा आयोगमा भएको बन्दसूचीको क्रमसंख्या अनुसार उनको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको थियो । केही अघि गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि सो पद रिक्त थियो ।

निर्वाचनका बेला कांग्रेसले बुझाएको समानुपातिकतर्फको बन्दसूचीअनुसार आदिवासी जनजाति क्लस्टरको १ नम्बरमा रहेकी गौचनको मृत्यु भएपछि पाँचौ नम्बरमा रहेकी स्याङ्जा चापाकोटकी थापा प्रदेशसभा सदस्य बनेकी हुन् ।

आदिवासी जनजाति महिलातर्फबाट म्याग्दीकी गौचनसहित पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ क्रमसंख्याअनुसार सामानुपातिक सांसद बनेर प्रदेश सभा छिरेका थिए । गौचनको निधन भएसँगै क्रमसंख्याअनुसार स्याङ्जाकी सुनिताले प्रदेश सभा सदस्य बन्ने अवसर पाएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्