काठमाडौं, मंसिर २९ । फ्रास्वाँ बायरो फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इम्यानुअल म्याक्रोनले आफ्ना विश्वासपात्र बायरोलाई नयाँ राष्ट्रपति चयन गरेका हुन् ।
मध्यपन्थी उदारवादी विचार राख्ने बायरो केही समयअघि फ्रान्सका शिक्षामन्त्री थिए। फ्रान्समा राजनीतिक तनाव बढ्दै जाँदा प्रधानमन्त्री फेरिइरहेका छन् । यसैबीच बायरो अस्थिरताको क्रममा आएका चौथो प्रधानमन्त्री हुन्। यस अघिका प्रधानमन्त्री मिशेल बार्नियर अघिल्लो साता राजीनामा दिन बाध्य भएका थिए ।
फ्रान्सको राजनीति नजिकबाट बुझ्नुका ७३ वर्षीय बायरोले मेयरका रुपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए । दक्षिण पश्चिमी फ्रान्सबाट निर्वाचित हुने गरेका बायरो आफूलाई गाउँको मान्छे भनेर चिनाउन मन पराउन्छन् ।