Logo

पत्रकार महासङ्घ ललितपुरको अध्यक्षमा कार्की निर्वाचित



काठमाडौँ, २९ मङ्सिर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले ६३ मत प्राप्त गरेका थिए ।

त्यस्तै, निर्वाचन समितिका सदस्य सविन शर्माका अनुसार उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् ।

सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्