काठमाडौं । गत मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा उम्मेदवार नउठाएकोबारे रास्वपामा प्रश्न उठेको छ ।
पार्टीका केन्द्रीय सदस्य विजय जैरुले कीर्तिपुरजस्तो क्षेत्रमा पार्टीले उम्मेदवार नउठाएको भन्दै प्रश्न उठाएका हुन्। उनले रास्वपाले उम्मेदवार उठाएको भए जित्ने दाबी गरेका छन् । यद्यपि रास्वपाले उम्मेदवार उठाउने व्यक्ति नपाएपछि कसैले पनि मनोनयन दर्ता गरेका थिएनन् ।
जैरुले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पत्र लेखेर पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षलाई गैरदलीय बनाउने विषयमा छलफल गर्न माग गरेका हुन् । श्रेष्ठ रास्वपाबाट स्थानीय तहका लागि चुनिएकी एक मात्र जनप्रतिनिधि हुन् । पार्टीको एजेन्डा नै स्थानीय तहलाई गैरदलीय बनाउनु रहेको भन्दै जैरुले यसबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
रास्वपा केन्द्रीय समिति बैठक यही पुसको १९, २० र २१ गतेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा निर्वाचित वडाध्यक्षलाई गैरदलीय बनाउनेसहित तीन एजेन्डामा छलफल गर्न ध्यानाकर्षण गराउँदै उनले पत्र लेखेका हुन् ।
जैरुले २०८४ सालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा बस्ने, सरकारमा जाने नजाने विषयमा घनिभूत छलफल गर्नुपर्ने पनि माग राखेका छन् ।