
काठमाडौं, ८ माघ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) खुल्ला सचिव पदमा प्रेम जैसीले उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उम्मेदवारी दिने आज अन्तिम समय हो ।
लामो रसाकस्सीपछि अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । यसअघि सचिव पदका उम्मेदवार जैसीलगायतका विद्यार्थी नेताहरुले आन्तरिक संघर्ष गरेर संगठनमा ३२ वर्षे उमेर हद लगाउन सफल भएका थिए । अब अखिल क्रान्तिकारीको नेतृत्व ३२ वर्षभन्दा कम उमेरका विद्यार्थी नेताहरुले हाँक्नेछन् ।
सचिव पदका उम्मेदवार जैसी अमृत साइन्स क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन इकाइका सभापतिसमेत हुन् । सङ्ठनलाई एकताबद्ध बनाई आगामी स्ववियू निर्वातचनमा अखिल क्रान्तिकारीलाई पहिलो सङ्ठनको रुपमा स्थापित गर्न र विद्यार्थीका मुद्दाहरुलाई सम्बोधन गर्न आफूलाई अमूल्य मत दिएर विजयी गराइदिनसमेत उनले अपिल गरेका छन् ।