Logo

०८४ सम्म सरकार टसमस गर्नेवाला छैन, सरकार ढल्योवाला गीत राजनीतिक मञ्चमा नगाउँदा राम्रो हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार ०८४ सम्म टसमस नहुने स्पष्ट पारेका छन् । बिहान र बेलुका नै सरकार ढल्यो भनेर गीत नगाउन चेतवानी दिँदै प्रधानमन्त्री ओलीले ०८४ सम्म सरकार केही हुनेवाला नभएको स्पष्ट पारे । उनले सरकार बनाउने वा हटाउने थलो नै संसद् भएकोले दिनरात सरकार बनाउने वा हटाउने कुरा गरेर तीन वर्ष समय कटाउनु व्यर्थ भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारको मेन्युमा पार्टी टुक्र्याउने वा भत्काउनेजस्ता खुद्रे कुराहरु समावेश नभएको स्पष्ट पारेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको हल्ला चलेको बेलमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै आफ्नो सरकारको मेन्युमा दल विभाजन गर्ने कुरा नभएको स्पष्ट पारेका हुन् ।

उनले भने,‘ढुक्क हुनुहोस, कांग्रेस र एमालेसहितको यति बलियो सरकारको प्राथमिकता त्यस्तो हुन सक्दैन् । सरकारका प्राथमिकताकाबारेमा मैले भनिसकेको छु । दोहोर्याउनु पर्दैन् ।’ विपक्षमा रहेका नेताहरुले पनि सरकार ढल्छ, ढल्नै लाग्यो भनेर व्यर्थै समय खेर फालेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्