अहिलेका प्रधानमन्त्री ओली शेरबहादुरको काँधमा बस्नुभएको छ, गगन थापाको खुट्टाले हिँड्नुभएको छ : प्रभु साह (भिडिओसहित)

1.8k
Shares

काठमाडौं, २१ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका छन् । उनले विपक्षीहरुले सरकार ढाल्न नपर्ने जिकिर गरे । हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले कांग्रेस र एमालेको अहिलेको गठबन्धन अप्राकृतिक रहेको दाबी गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैं यो सरकार बलियो नभएको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्रीजीलाई म के भन्छु भने–तपाईं शेरबहादुरजीको काँधमा बस्नुभएको छ । गगन थापाको खुट्टाले हिँडिरहनुभएको छ । अनि दुनियाँलाई धाक लगाउनुभएको छ म एकदमै बलियो सरकार छु भनेर । तपाईं रोगले सुन्निएको खुट्टाजस्तो हेर्दा एकदमै मोटो र बलियो देखिने तर भित्रभित्रै रोगी हुने । यो गठबन्धन सरकार आँफैमा ध्वस्त छ । गठबन्धनभित्र विवाद र कलह छ । त्यसकारण यो सरकार आँफै जान्छ । कसैले ढाल्नै पर्दैन् ।’

साहले बाहिर हेर्दा कांग्रेस र एमालेको सहकार्य बलियो देखिएपनि भित्रभित्रै कलह नै कलह रहेको आरोप लगाए । उनले कांग्रेस र एमालेको सहकार्य सुगुंर र हात्तिकोजस्तै दोस्ती भएको भन्दै यिनीहरु लामो समयसम्म मिल्न नसक्ने ठोकुवा गरे । उनले अहिलेको सरकारबाट विकास र सुशासन केहीपनि अघि नबढेको आरोप लगाए । अहिलेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको साहको गम्भीर आरोप छ ।

Skip This