
काठमाडौं, माघ २३ । नेपाली बजारमा आज सुनको भाउ एकै दिन तोलामा २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।