काठमाडौं, २४ माघ । चर्चित नायक रमेश उप्रेतीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको कार्यकालमा विचारमा अलिक बढि नै हल्का देखिएको टिप्पणी गरेका छन् । उनले भने,‘म त अहिलेपनि केपी ओलीको प्रशशंक हुँ । म अहिलेपनि भन्छु उहाँ केपी बा नै हो । मेरो बुवाको एजको हुनुहुन्छ, बा नै हो ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले नायक उप्रेतीले यसअघि नाकाबन्दीको बेलामा आफूलाई प्रधानमन्त्रीको रुपमा ओलीले गरेको काम एकदमै मन परेको स्मरण गराए ।
उनले भने,‘योभन्दा पहिले चाहीँ मलाई उहाँ बहुत मन परेको हो । जतिखेर नाकाबन्दीमा उहाँले स्ट्याण्ड लिनुभयो भारतसँग, अहिले आएर खोई के हो उहाँको ? विचारमा र उहाँको बोलाईमा अलिक हल्का भयो, प्रधानमन्त्रीजस्तो व्यक्तिले हल्का बोल्नुहुन्थेन की जस्तो लाग्छ । उहाँ त यो देशकै प्रधानमन्त्री हो नि । म त उहाँलाई जहिल्यैपनि एउटा सोलिड नेताको रुपमा हेर्छु । मलाई आशा छ अहिलेपनि ।’ उप्रेतीले अहिलेका प्रधानमन्त्रीले खासै काम नगरेको हो कि जस्तो आफूलाई अनुभूति भएको सुनाए ।
उनले आफू कसैकोपनि प्रवक्ता नभएको भन्दै रवि लामिछाने आफ्नो मिल्ने साथी भएको स्पष्ट पारे । उनले रवि लामिछाने गृहमन्त्री भएपछि पनि भेट्न नगएको सुनाए । तर, लामिछानेले बोलाएपछि मात्रै भेट्न गएको उनको भनाई छ । उनले आफू कहिल्यैपनि गैरकानूनी काम नगर्ने र शक्तिको अभ्यास नगर्ने जिकिर गरे । रविले समाजसेवाको लागि भनेर पार्टीमा आउन आग्रह गरे आफू रास्वपामा जानसक्ने पनि उनले सुनाए ।
प्रतिक्रिया