उपेन्द्र यादवलक्षित वीरेन्द्र महतोको टिप्पणी : अध्यादेशलाई सत्ताको बार्गेनिङ गरेर ठग्ने काम नहोस्

14.4k
Shares

काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले सरकारले ल्याएका अध्यादेशको स्वागत गरेका छन् । अध्यादेशले लगानीकर्ताहरुको उत्साह बढाएको महतोको दाबी छ । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै महतोले अहिले आएका अध्यादेशले व्यापारीहरुको मनोबल बढाएको दाबी गरेका हुन् ।

अहिलेको अध्यादेशबाट आर्थिक गतिविधि चलायमान हुने आफ्नो विश्वास रहेको पनि महतोले सुनाए । नेपाललाई आइटी हब बनाउन सकिने महतोको भनाई छ । अहिले आएको अध्यादेशले प्रशासनिक झन्झटपनि हटाउने र महिनौंसम्म अघि नबढ्ने फाईलहरु अब द्रुत गतिमा अघि बढ्ने महतोको दाबी छ ।

सो क्रममा डा. महतोले अध्यादेशको विरोध गरेकोजस्तो गर्ने अनि अध्यादेशलाई देखाएर सत्ताको बार्गेनिङ काम भएको भन्दै उपेन्द्र यादवको नाम नलिइकन आलोचना गरे । उनले भने,‘यो अध्यादेश मधेशविरोधी हो भन्ने अनि विरोध भन्ने, अनि त्यही अध्यादेशलाई अहिले भर्याङ, खुड्किलो बनाएर सत्ताको बार्गेनिङमा लागेर फेरि सत्तामा आईसकेपछि यो अध्यादेश एकदमै राम्रो छ भन्ने यो जनतालाई भ्रम गर्ने र एकदमै त्यो बेला बेलामा ठग्ने काम भैरहेको छ, त्यो नहोस्।’

Skip This