Logo

‘कुनै पनि भ्रष्टाचारी एमालेमा रहँदैन, कोही भ्रष्टाचारी एमाले हुँदैन’



काठमाडौं, २४ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोही पनि भ्रष्टाचारी एमालेमा नरहने बताएका छन् । आज (बिहीबार) एमाले सिन्धुपाल्चोकले आयोजना गरेको तीन महिने अभियानको शुभारम्भ गर्दै कोही भ्रष्टाचारी एमालेमा नरहने र कोही भ्रष्टाचारी एमाले नहुने बताएका हुन् । ‘कुनै पनि भ्रष्टाचारी एमालेमा रहँदैन, कोही भ्रष्टाचारी एमाले हुँदैन,’– नेता पोखरेलले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनमा एमालेलाई एकत बहुमत ल्याउनेगरी पार्टी गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । व्यवस्थित र चलायमान पार्टी निर्माण गर्ने सके आगामी निर्वाचनमा बहुमत प्राप्त हुने उनले बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाली कांग्रेस र एमालेबीच सहकार्य र प्रतिस्पर्धा दुवै हुने बताए । मुलुकलाई अस्थिरताबाट बचाउन र मुलुकमा आएका विभिन्न संकटहरु टार्न दुई दलबीच बेला–बेलामा सहकार्य हुने गरेको उनले स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्