काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले अध्यादेशलाई जोडेर आएका समाचार मनगढन्ते र प्रायोजित ढंगले आएको स्पष्ट पारेको छ । अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले आज एक विज्ञप्ती जारी गर्दै अध्यादेशलाई जोडेर आएका समाचार आधारहीन, तथ्यहीन र भ्रामक रहेको दाबी गरेका छन् ।
उनकाअनसार पार्टीले अध्यादेशबारे अध्ययन गर्न गठित कार्यदलले आज अध्यक्ष यादवलाई रायसुझावसहितको प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन सांसदहरुलाइृ अध्ययनको लागि दिईएको र दुवै सदनमा आज अध्यादेश पेश नगरी कार्यसूचिबाट हटाएको अवस्थामा कुनै निर्णय नलिएको चौरसियाको भनाई छ । संसदीय दलको अर्को बैठकमा अध्यादेशबारे देशको हित हुनेगरि ठोस निर्णय लिने पनि उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया