Logo

घरबेटीले गरे डेरामा बस्नेको हत्या



काठमाडौं, माघ २५ । पाल्पामा एक जना घरधनीले डेरामा बस्ने व्यक्तिको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले आफ्नो घरमा डेरा लिएर बस्दै आएका रिव्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका हुन् । विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

बुढाथोकी केही समयअघिदेखि विष्टको घरमा डेरा लिइ बस्दै आएको अनुसन्धानमा खुलेको छ । बुढाथोकीले लेबरको काम गर्दै आउनुभएको थियो । प्रहरीकाअनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिएका थिए ।

बुढाथोकीको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्