Logo

गोदावरीमा मृत अवस्थामा भेटिए आमा–छोरी



काठमाडौं, माघ २५ । कैलालीको गोदावरी नगरपालिकाको ११ नम्बर वडामा आमा–छोरी मृत अवस्थामा भेटिएका छन्। बिहीबार साँझ गोठान क्षेत्रमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार, साढे ७ बजेतिर मिरा घरमा झुन्डिएको अवस्थामा र प्रिन्सी पासो काटिएको अवस्थामा भुइँमा मृत अवस्थामा भेटिएका हुन् ।

मृतक मिराका देवर नरेश विकले झुन्डिएको अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । घटनाका समयमा उनकी सासू आमा पनि घरमा उपस्थित नभएको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटना सम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्