बादललाई तुरुन्त गिरफ्तार गरी आजीवन कारावास हालियोस्ः माओवादी नेता दीपशीखा

22.7k
Shares

काठमाडौं, २५ माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई तुरुन्त गिरफ्तार गरी आजीवन कारावासमा हाल्न माग गरेका छन् । बादलले जनयुद्धलाई हिंसा भनेको प्रसंग उल्लेख गर्दै नेता दीपशीखाले उनले भनेको हिंसामा आफैं संलग्न रहेको बताएका छन् ।

नेता दीपशीखाले आफूहरुले भने बादलले भनेझैं हिंसामा सहभागी नभएकार नितान्त जनयुद्ध गरेको बताएका छन् । उनले आफूहरुले गरेको जनयुद्ध न्याय र परिवर्तनका लागि वर्गसंघर्ष रहेको पनि दाबी गरेका छन् ।

‘पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ ले जनयुद्ध लाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ– तुरुन्त गिरफ्तार गरी आजीवन कारावास हालियोस् । किनभने उनले भनेको हिंसा उनी आफैं पत्यक्ष संलग्न भएर गरेका हुन् । हामीले त जनयुद्ध गरेका हौं, त्यो न्याय र परिवर्तनका लागि वर्गसंघर्ष थियो,’– नेता दीपशीखाले भनेका छन् ।

पूर्व माओवादी नेता बादल नेकपा विभाजन हुँदा एमालेमै बसेका थिए । उनी माओवादीले गरेको सशस्त्र संघर्ष (जनयुद्ध) को कमाण्डर थिए ।

Skip This