धमलाले सकाए चलचित्र आउट ल दफा २१९ को स्वराङ्कन

406
Shares

काठमाडौ । रेट्रो गु्रपको व्यानरमा निर्माण भएको चलचित्र ‘द आउट ल दफा २१९’ को स्वराङ्कन (डबिङ) धमाधम भइरहेको छ । प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले समेत अभिनय गरेको चलचित्रको स्वराङ्कन चलिरहेको हो । शनिवार धमलाले आफ्नो भूमिका रहेको दृश्यको स्वाराङ्कन गराएको जानकारी दिए ।

चलचित्रमा पत्रकारको भूमिकामा रहेका धमलाले आफ्नै चर्चित कार्यक्रम जनता जान्न चाहन्छन्को प्रस्तोताको रुपमा अभिनय गरेका छन् । अभिनेता सुशील श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्रमा धमलाको उपस्थिती रहेको हो ।

शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठीलगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्म पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण गरिएको छ ।

बिक्की महर्जको लेखन तथा निर्देशन रहेको चलचित्रमा अमित अग्रहरीको लगानी छ । विनोद कडायत कार्यकारी निर्माता रहेको सिनेमाको सह–निर्माता विकाश चौधरी हुन् । चुल्ठे काजीको एक्सन रहेको सिनेमालाई अशोक शर्माको डीसीएनले वितरण गर्दैछ ।

स्याडो पिक्चर्स तथा रेट्रो फिल्मस्को व्यानर निर्माण भएको सिनेमामा नवीन गुरुङको छायांकन र ट्रेलर मास्टर साहिल खानको सम्पादन रहेको छ । हालै यस चलचित्रको एउटा सिनका लागि मात्रै ४० लाख रुपैयाँ खर्च गरेर सुटिङ गरिएको थियो ।

Skip This