
काठमाडौं । अनलाइन टिभि पत्रकार संघ नेपालले प्रतिनिधि सभाको शिक्षा तथा सुचना समितिलाई संसद्मा दर्ता भएको सामाजिक सञ्जाल नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८१ बारे १२ बुँदे ध्यानाकर्षण बुझाएको छ ।
मंगलबार पत्रकार संघका अध्यक्ष जीवन भण्डारीसहितको टोलीले समितिका सभापति अम्बरबहादुर थापासमक्ष १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
विधेयकले खबरदारी तथा आलोचना गर्न पाउने नागरिकको आधारभूत अधिकार कुण्ठित गर्ने भन्दै सङ्घले यसमा समावेश दर्जनौ प्रावधानहरु आपत्तिजनक रहेको जनाएको छ ।

