Logo

दुवै सदनबाट भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णय



काठमाडौं, २९ माघ । जनता समाजवादी पार्टी, नेपालले सरकारले ल्याएका अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रियसभा दुवैमा सदनमा भूमिसम्बन्धी अध्यादेशलाई साथ नदिने निर्णय लिएको हो ।

सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको छ । अरु ५ वटा अध्यादेशमा साथ रहेपनि भूमिसम्बन्धी अध्यादेशमा साथ नदिने निर्णय भएको सांसद रेखा यादवले जानकारी दिईन् । file photo



प्रतिक्रिया दिनुहोस्