
काठमाडौं। नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले ६ महिनादेखि विपक्षी दलहरुले सरकारलाई सराप्ने मात्र काम गरेको आरोप लगाएकी छन । मंगलबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै अग्रहरीले विपक्षीले राजनीतिक धर्म निर्वाहका लागि सरकारलाई सरापेको टिप्पणी गरिन् ।
‘६ महिनादेखि सडक देखि सदनको रोस्टमसम्म सरकारलाई सराप्ने र विरोध गर्ने बाहेक विपक्षीले केही सुनेको छैन‚’ उनले भनिन् ‘हुन त विरोधीहरू जथाभाबी बोलेको हैनन् उहाँहरूको धर्म हो । राजनीति खेतीपाती उहाँहरूले गर्नुभएको छ । जायज कुरामा राष्ट्रको कुरामा चिन्ता गरेर सहयोग गर्नुहोस् । अनावश्यक कराएर केही हुँदैन‚’ ।