
काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) छिरिङ डम्डुल लामा (भोटे) ले सरकारले सर्वसत्तावाद लादिरहेको भन्दै संसद्मा गुहार मागेको छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद् भोटेले सरकारले समितिमा विचाराधीन विधेयक र सार्वभौम सदनको अधिकार लुटेको आरोप लगाए । देशलाई लोडसेडिङमुक्त गराउने कुलमान घिसिङलाई हटाउन सरकारले न्वारनदेखिको बल प्रयोग गरिरहेको पनि उनको आरोप छ । उनले पाथिभरा केवलकारको विरोध जनाउँदै अदिवासी जनजातिले मान्दै आएको मुक्कुङ्लुङको मर्म लुट्न सरकार उद्धत रहेको बताए ।
‘गुहार, गुहार, गुहार ! कहिले समितिमा विचाराधीन विधेयक लुटेको छ, कहिले सार्वभौम सदनको अधिकार लुटेको छ । कहिले १८ घण्टाको लोडसेडिङ मुक्त गर्ने कुलमान घिसिङको अधिकार खोस्न न्वारनदेखिको बल लगाएको छ । कहिले धर्म, मर्म र अदिवासी जनजातिले मान्दै आएको मुक्कुङ्लुङमा आम नागरिकको मर्म लुटिएको छ । गुहार ! सरकार, जताजतै गाउँवस्ती जलिरहेको छ, वनजंगल जलिरहेको छ । सिंहदरबार जलिरहेको छ,’– सांसद भोटेले भने ।
सरकार हेलिकोप्टर चढेर शयर गरिरहेको भएपनि राजधानीकै नख्खु खोलाको बाढीमा फसेको नागरिकको उद्दार गर्न नसकेको भन्दै उनले आलोचना गरे ।