
काठमाडौं, २९ माघ । आन्तरिक राजश्व कार्यालय बानेश्वरका प्रमुख कर अधिकृत गोबिन्दराज आचार्यको कार्यसम्पादनको प्रशंसा भैरहेको छ । उच्च राजश्व संकलन गरेर आचार्यले आफ्नो कार्यकाल सफल बनाईराखेका छन् । काठमाडौंको मुटु मानिने बानेश्वर क्षेत्रमा राजश्व संकलनमा आचार्यले कार्यकुशलता प्रदर्शन गरेका छन् ।
राजश्व संकलनमा महिनाको लक्ष्य ५१ करोड २९ लाख रुपैयाँ रहेकोमा ५२ करोड २३ लाख संकलन भएको छ । यो भनेको १०१.८३ प्रतिशत हो । काठमाडौं महानगरका वडा नम्बर १० र ३१ पर्ने आन्तरिक राजश्व कार्यालय बानेश्वरमा आचार्यकै नेतृत्वदायी भूमिकाको कारण कर संकलनमा उच्च प्रगति भएको छ । आचार्यको कार्यसम्पादनको प्रशंसा यतिवेला अर्थ मन्त्रालयमासमेत हुन थालेको छ ।