रास्वपा नेताको ओली-देउवालक्षित प्रश्नः वर्षौं जेल बसेर बाहिर आउँदा एकैचोटी दरबार चाहीँ कसरी बन्यो ?

4.1k
Shares

काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले शीर्ष नेताहरुको सम्पत्ति छानविनको माग गरेका छन् । आफूहरुमाथि कहिले पनि छानविन नगर नभनेको बताउँदै उनले वर्षौं जेल जीवन विताएर बाहिर आएका नेताहरुको सम्पत्तिको स्रोतबारे प्रश्न उठाएका हुन् । कुनै व्यापार व्यवसाय नगरी त्यतिधेरै सम्पत्ति आर्जन कसरी भएको हो भन्नेबारे छानविन हुनुपर्ने उनको माग छ ।

‘निर्दलीयबाट बाहुदलीयतामा आउँदै गर्दा उहाँहरुको योगदान छ । त्यसप्रति सम्मान छ । तर, मेरो अर्को प्रश्न– वर्षौं जेल बसेर बाहिर आउँदै गर्दा एकैचोटी दरबार चाहीँ कसरी बन्यो ? व्यवसाय कहाँ गरियो ? व्यवसाय त कुनै थिएन, कुनै पनि आर्थिक स्रोत थिएन । जेल बसेर बाहिर आउनुभयो, केही महिनामा सबै नेताहरुको दरबार बन्न थाल्यो यहाँ । यो कसरी बन्यो ? त्यसको छानविन गर्न पर्दैन ? हाम्रो नगर भनेकै छैन मैले त,’– उनले भने ।

Skip This