Logo

उपेन्द्र यादव अध्यादेशको विपक्षमा उभिएकै दिन कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा



काठमाडौं, २९ माघ । सत्ता गठबन्धनका मुख्य घटकहरु नेपाली कांग्रेस र एमालेका नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्ने भएको छ । बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुग्ने क्रम जारी रहेको बताईन्छ ।

सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेश सदनमा टेबुल हुन ढिलाई भैरहेको र आजमात्रै जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेश दुवै सदनबाट अस्विकार गर्ने निर्णय लिएका छन् ।

यही सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय संयन्त्रको बैठक बोलाएका छन् । कतिपयले अध्यादेश नै अस्विकार हुने अवस्था सिर्जना भएपछि प्रधानमन्त्री ओली दबाबमा रहेको चर्चा गरेका छन् । आजमात्रै झलनाथ खनालले अध्यादेश अस्विकार भए प्रधानमन्त्री ओली नैतिक रुपमा पदमा बस्न नमिल्ने तर्क गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्