Logo

सरकारले सर्वसाधारण र नेता तथा कार्यकर्ताबीच फरक-फरक कानूनको अभ्यास गरेको आरोप



काठमाडौँ, २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सबैले विधिको शासन मान्ने र कानुन पालना गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा दलीय आधारमा बोल्नेक्रममा सांसद शाहीले सत्तारूढ दलका नेता तथा कार्यकर्ताले गल्ती गर्दा पनि उनीहरूलाई कानुन नलाग्नु विधिको शासनको उल्लङ्घन रहेको बताए ।

सर्वसाधारणका लागि एक खालको कानुन र नेता तथा कार्यकर्तालाई अर्को खालको कानूनको अभ्यास सरकारले गरेको सांसद शाहीको आरोप छ । सांसद शाहीले बालिकालाई घरेलु कामदार बनाइ श्रम शोषण गरेको विषयमा लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई र ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अनेरास्ववियुका नेता कमल जोशीलाई सत्तारुढ दलकै भएको कारण उन्मुक्ति दिइएको बताए ।



प्रतिक्रिया दिनुहोस्