Logo

घरभित्रै नग्न अवस्थामा एक महिलाको शव फेला



झापा, माघ ३०। झापाको शिवसताक्षीमा घरभित्रै नग्न अवस्थामा एक महिलाको शव भेटिएको छ । शिवसताक्षी ११ को दुधेमा घरमा एक्लै बस्दै आएकी महिला घरैभित्र मृत अवस्थामा भेटिएकी हुन् । करिब ५५ वर्षीय गंगाकुमारी लिम्बूको आफ्नै घरभित्र नग्न अवस्थामा शव भेटिएको वडा अध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए । उनले अहिले शवलाई पोस्टमार्टम गर्न लैजाने तयारी भइरहेको जानकारी दिए ।

हिजो सोमबारबाट ती महिलालाई छिमेकीहरुले नदेखेको र आज पनि घरमा ढोका लगाइरहेको पाएपछि झ्यालबाट हेर्दा भान्साकोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय डम्बर खड्काका अनुसार अहिले इलाका प्रहरी कार्यालय झिलझिलेको टोली र जनप्रतिनिधिले ढोका फोरेर शवलाई निकालेका छन् ।

गंगाकुमारीका श्रीमान् धर्मध्वज लिम्बू भारतीय भूतपूर्व सैनिक भएकाले उनी उतै बस्दै आएको छिमेकीहरुको भनाइ छ । छिमेकीका अनुसार गंगाकुमारी धेरैजसो मादक पदार्थ सेवन गर्थिन् ।



प्रतिक्रिया दिनुहोस्