Logo

अन्तर विद्यालयस्तरीय हाजिरीजवाफमा मदरल्याण्ड प्रथम



भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत माध्यमिक तह अन्तर–विद्यालय जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता–२०८१ सिरिन केन स्कुलको आयोजनमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा सूर्यविनायक–९ भक्तपुरस्थित मदलल्याण्ड स्कुल प्रथम भएको छ ।

त्यस्तै, ईडेन गार्डेन स्कुल द्धितीय, तृतीय स्थानमा आरक्षण नेसनल स्कुल र पारागन एकेडेमीले सान्त्वना स्थान हात पार्न सफल भएको छ । हाजिरीजवाफ प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो ।

स्कुल तहका विद्यार्थीहरुमा पनि बाह्य सामान्य ज्ञान बारे थप जानकारी रहनुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा १६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए । दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको प्रतियोगिताको अन्तिम फाइनल राउन्डमा प्रवेश गर्न सफल ६ वटा विद्यालयको समूहबीच प्रतिस्पर्धा भएको आयोजक सिरिन केन स्कुलका सञ्चालक कमल सुवालले बताए ।



प्रतिक्रिया दिनुहोस्