संसद् विघटन गरेर केपी ओलीले सबैभन्दा खतरनाक कम्युनिष्टविरोधी काम गरेको हो : झलनाथ खनाल

784
Shares

काठमाडौं, १ फागुन । नेकपा (एकीकृत समाजवादी) का सममानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओलीले संसद् विघटन गरेर सबैभन्दा खतरनाक कम्युनिष्टविरोधी काम गरेको आरोप लगाएका छन् । ओलीले संसद् विघटन गरेकै कारण पार्टी फुटेको खनालको आरोप छ ।

आज (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आजको एकमात्र विकल्प भनेको वैज्ञानिक समाजवाद भएको निश्कर्ष सुनाए । त्यसको लागि क्रान्तिकारी कार्यदिशा लिएर अघि बढ्नुपर्ने आवश्यकत्तापनि खनालले बताए ।

सरकारले ल्याएको अध्यादेश फेल हुने अवस्था भयो भने प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता प्रदर्शन गर्नुपर्ने खनालको सुझाव छ । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिनपनि सुझाव दिए । खनालले विगतमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विद्येयक फेल हुँदापनि राजीनामा दिएको इतिहास स्मरण गराए ।

Skip This