
काठमाडौं । भोलिबाट हुने काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोलीको बीचमा मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराईएको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना हुन लागेको हो ।
यस खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङलगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहने जनाइएको छ ।

