
काठमाडौं, २ फागुन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत कांग्रेस–एमालेका नेताहरु सहभागी छन् ।
सरकार सञ्चालनका विषय, संसद् प्रभावकारी भूमिका, अध्यादेशलगायतका विषयमा छलफल हुने बताइएको छ ।
