
काठमाडौं, २ फागुन । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले मुलुकमा अराजकता बढ्नुमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जिम्मेवार रहेको बताएका छन् । आज (शुक्रबार) पोखरामा सम्पन्न भएको वाईसीएल गण्डकी प्रदेशको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता दीपशीखाले अराजकताको विरुद्धमा प्रतिवाद गर्नपनि अनुरोध गरे ।
यसैगरी, बैठकमा सहभागी बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ्ग ‘कसम’ ले अब वाईसियलले नयाँ योजना बनाउदै थप कार्यक्रम घोषणा गर्ने बताए । वाईसियलमा उत्साह थपिँदै गएको र यो संगठन युवाहरुको आकर्षणको केन्द्र बन्दै गएको पनि उनले बताए ।
बैठकमा माओवादी केन्द्रका गण्डकी प्रदेशका सह–इन्चार्ज हरिराज अधिकारी कुमार तथा गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ र सचिव जगनाथ खनाल,कोषाध्यक्ष ताराप्रसाद भुसाल र राजकुमार दुलाल, उपाध्यक्ष केयर सिंह कुंवर,सचिवहरु नरेश केसी, शुसिला कुवर, विपिन आचार्य, सुदिप नगरकोटी र हरि ढकाललगायतको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता गण्डकी प्रदेश संयोजक शरण सापकोटाले गरेका थिए।