Logo

जनताको अपेक्षा माओवादी केन्द्र र नेतृत्वसँग मात्र छः दीननाथ शर्मा



काठमाडौ, २ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव तथा गण्डकी प्रदेश इन्चार्ज दीननाथ शर्माले वर्तमान सरकार जनघाती, भ्रष्टाचारी र कमिसनखोरीको संरक्षणमा लागेको बताएका छन् । आज (बिहीबार) पार्टीको सहायक संगठन योङ्ग कम्यनिष्ट लिग (वाईसीएल) नेपालको गण्डकी प्रदेश बैठकलाई सम्बोधन गर्दै उनले सरकारको यस्ता प्रकारका विसंगतिको विरोध गर्न आग्रह गरेका हुन् । जनताको अपेक्षा माओवादी र नेतृत्वसँग मात्र रहेको उनले बताए । उनले जनअपेक्षाअनुसारको चुस्त प्रभावकारी काम गर्नसमेत नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

सरकारको जनघाति र जनविरोधीहरुको भण्डाफोर गर्दै सबै युवाहरुलाई यसबारे बुझाउदै एकताबद्ध गरी समाजवादमा पुराउने लक्ष्य माओवादीको रहेको पनि उनले बताए । यस कार्यभार पूरा गर्न गोलबन्द हुनसमेत उनले वाइसीएल नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

पार्टीको पछिल्लो केन्द्रीय समिती निर्णयअनुसार फागुन महिनामा माओवादीसँग युवा विद्यार्थी अभियान सञ्चालन हुने र धेरै युवा जोड्ने गरि संगठनात्मक अभियानमा सक्रियतापूर्वक लाग्नुपर्ने सबैको दायित्व रहेको उनले बताए ।

बैठकमा माओवादी केन्द्रका गण्डकी प्रदेशका सह–इन्चार्ज हरिराज अधिकारी तथा गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ र सचिव जगनाथ खनाल, कोषाध्यक्ष तारा प्रसाद भुसाल र राजकुमार दुलालको सहभागी थिए।

बैठकमा वाईसीएलका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ ‘कसम’, उपाध्यक्ष केयरसिंहलगायत वाईसीएल नेताहरूको उपस्थिति थियो । बैठकको अध्यक्षता गण्डकी प्रदेश संयोजक शरण सापकोटाले गरेका थिए।



प्रतिक्रिया दिनुहोस्